सुरक्षाकर्मी कोरोनाको जोखिममा, काठमाडौँ उपत्यकाका थप १८ प्रहरीमा संक्रमण

काठमाडौँ। कोरोनाभाइरसको संक्रमण नियन्त्रणको अग्रभागमा रहेर काम गर्ने मध्येका सुरक्षाकर्मी पनि हुन् । तर, उनीहरु नै कोरोनाको उच्च जोखिममा परेका छन् । केही दिनयता प्रहरीमा कोरोना संक्रमण देखिन थालेको छ । काठमाडौं उपत्यकामा थप १८ जना प्रहरीमा कोरोना संक्रमण भएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट शुक्रबार बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै, हालसम्म काठमाडौँ उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना सङ्क्रमण भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

लकडाउन खुला भएसँगै प्रहरीमा कोरोना संक्रमण बढेको देखिन्छ । पहिलो चरणपछि दोस्रो चरणको कोरोना संक्रमण झन् भयावह हुँदै आएको छ । चीन, जापान, दक्षिण कोरियो, अमेरिका, स्पेन, भारतलगायतका देशमा दोस्रो चरणको कोरोना भाइरस तीव्र विस्तार भइरहेको छ ।

नेपालमा पनि विराटनगर, राजविराज र वीरगन्जमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको देखिएको छ । राजविराज र वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा नै जारी गरिएको छ भने विराटनगर महानगरपालिकाले अत्यावश्यकबाहेक सबै सेवा बन्दको घोषणा गरेको छ


प्रतिक्रिया