नेपालमा कोरोना संक्रमित २० हजार नाघ्यो, आज मात्रै ३ सय १५ जनामा पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्लामा ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ९३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । नेपालमा कोरोनाबाट ५६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर ३ लाख ८२ हजार ४९० जनाको पिसिआर पद्दतीबाट कोरोना परिक्षण गरिएको छ । नेपालमा ११ हजार ५३३ जना क्वारेन्टाइनमा छन् भने ५ हजार ३३८ जना आइसोलेसन वार्डमा उपचाररत रहेका छन् ।


प्रतिक्रिया