आज बाँकेमा नयाँ कोरोना संक्रमण देखिएन, बर्दियाका ९ जनामा पुष्टि

नेपालगन्ज : आज शनिबार बर्दियाका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा बर्दियाका दुई महिला र ७ जना पुरुषमा संक्रमण पुष्टि हुदा भने बाँकेमा नयाँ कोरोना संक्रमण देखिएन ।

आज बर्दियाका संक्रमित हुनेहरुमा गेरुवा गाँउपालिका १ का २८, ३३, ३७, ४९ र ५५ वर्ष उमेरका ५ जना पुरुष, रहेका छन । त्यसैगरी बढैयाताल र ठाकुरबाबा १/१ जना पुरुष तथा राजापुर र बाँसगढीका १/१ महिला गरी ९ जना रहेका छन ।

भेरी अस्पतालमा शनिबारसम्म २१ हजार ७ सय १० जनाको कोरोना परिक्षण गरीएकोमा ८ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । भेरीको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३८५ जनाको स्वाब परिक्षण गरीएकोमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


प्रतिक्रिया