जनमत त्रैमासिक रक्तदानको श्रृङखलामा ४२ जनाले गरे रक्तदान

नेपालगन्ज : नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिकले निरन्तर रुपमा आयोजना गर्ने जनमत त्रैमासिक रक्तदानको श्रृङखलालाई निरन्तरता दिएको छ ।

शनिबार रक्तदान कार्यक्रमको आयोजना गर्दै जनमत साप्ताहिकले ४६ औ श्रृङखला सम्पन्न गरेको हो । शनिबार ७ जना महिला सहित ४२ जनाले रक्तदान गरेको जनमत साप्ताहिकका प्रधान सम्पादक पुर्णलाल चुकेले जानकारी दिनुभयो ।

सम्पादक चुकेले रगतको अभाव हुन नदिन निरन्तर रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

रक्तदान जिवन दान मुल नाराका साथ गरिएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि क्षेत्रिय रक्त सञ्चार केन्द्रको प्रावधिक सहयोग रहेको छ । अहिले बाँकेमा दिनहुँ ५० पिन्ट रगत आवश्यक रहेकाले पनि समय समयमा रक्तदान कार्यक्रम भैदिदा रगतको अभाव हुन नपाएको क्षेत्रिय रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।

नेपालगन्जमा रगतको अभाव हुन नदिन स्वस्पुर्त रुपमा रक्तदान गर्नेहरुको सङख्यामा वृद्धि हुदै आएको छ ।


प्रतिक्रिया