क्वारेन्टाइन भन्दा दयनिय आइसोलेसन

पुरुष संक्रमितलाई दिइयो प्याट र पेन्टि


नेपालगन्ज : नेपालगन्जको आर्दशनरगमा स्थापना गरिएको आइसोलेसनको अवस्था दयनिय रहेको पाइएको छ । लक्षण नदेखिएका कोरोना संक्रमित राख्ने गरिएको उक्त आइसोलेसनमा बस्न नसकिने अवस्था रहेको बसीरहेका कोरोना संक्रमितहरुले गुनासो गरेका छन ।

१२ वटा बेडका संक्रमितहरुले प्रयोग गर्नेहरुले शौचालय एउटा मात्र रहेको र उक्त शौचालयमा दिसा पिसाव गर्न नमिल्ने गरी फोहोर भएको छ । कोरोनाले भन्दा आइसोलेसनमा रहेको फोहेरले विरामि परिने सम्भावना बढेको छ ।

सुत्ने बेडहरुपनि गुणस्तरीय नभएको र बेडसिट पनि नभएको आर्दशनगरको आइसोलेसनमा ९ दिन सम्म बसेर सिटी प्यालेसको आइसोलेसनमा आउनुभएका एक कोरोना संक्रमितले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

म त्यहाँ बस्न नसकेर आफै पैसा तिरेर भएपनि होटलको आइसोलेसनमा बस्न बाध्य भएको संक्रमित व्यक्तिले भने । आर्दशनगरको आइसोलेसन कुनैपनि दृष्टीकोणले आइसोलेसन जस्तो नरहेको कोरोना संक्रमितहरुले जनाएका छन ।

कोरोना संक्रमितहरुलाई दिइएको किट पनि महिलालाई दिने किट पुरुषलाई दिइएको पाइएको छ । संक्रमित पुरुषहरुलाई प्याट, महिलाले लाउने पेन्टी लगाएतका सामाग्री दिइएको थियो ।

प्रतिक्रिया