मण्डलको बला’त्कार प्र’करणमा दुई पक्राउ

काठमाडौं : सप्तरीको डाकनेश्वरी नगरपालिका–७ की किशोरी संगीता मण्डलको बला’त्कार प्र’करणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय बल्लु भनिने सुमन कुमार मण्डल र रन्जित मण्डल छन् । उनीहरुलाई बलान बिहुल गाउँपालिका वडा नं. ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।

‘दुई जना पक्राउ परे, अन्यको खोजी जारी छ,’ डिएसपी भारतीले भने ।

पक्राउ परेकाहरु बला’त्कारमा मुख्य आरोपी हुन् । आरोपीमध्ये अन्य दुई जना फरार छन् । उनीहरुको खोजी कार्य जारी छ ।

गत २९ भदौमा धानखेतमा पानीको अवस्था हेर्न गएकी संगीतामाथि गाउँकै चार जना युवाले सामूहिक बलात्कार गरेका थिए । गाउँका अगुवाहरुले केही नगद दिएर घटना मिलापत्र गर्न दबाव दिएका थिए । त्यही पीडाबाट विक्षिप्त संगीताले आत्महत्या गरेकी थिइन् ।

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन