नेकपा बाँकेका नेता रत्न खत्रि सहित ६० जना कोरोना मुक्त


नेपालगन्ज : बाँके नेकपाका लोकप्रीय युवा नेता रत्न खत्रि कोरोना मुक्त भएर आज डिस्चार्ज भएका छन । कोरोना संक्रमण भएर आइसोलेसन बसेको १४ दिन पुरा भएपछि नेता खत्रि डिस्चार्ज भएका हुन । नेता खत्रिले आज डिस्चार्ज हुदै आफ्नो स्वास्थ्य प्रति चिन्ता लिनुहुनेलाई धन्यबाद दिएका छन ।

यसैगरी नेपालगञ्जका युवा व्यवसायी नमु पाण्डे समेत शुक्रबार नै कोरोना जितेर फिर्ता हुनुभएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार बाँकेमा ६० जना कोरोना जितेर फिर्ता हुनुभएको छ । डिस्चार्ज हुनेमा प्रहरी समेत रहेका छन् । बाँकेमा हालसम्म एकहजार ५४६ जना संक्रमित भएकोमा  एकहजार ९२ जना डिस्चार्ज हुनुभएको छ । ९ जनाको मृत्यु भएको छ । 

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन