स्वर्गीय पिताको सम्झनामा सिद्धार्थले गरे ‘स्मृति पार्क’ स्थापना

नेपालगन्ज : भनिन्छ नि, आफुलाई जन्मदिने माता पिताको माया अनि जिम्मेवारीको कहिल्यै वर्णन गरेर सकिन्न । झन पिताको जस्तो जिम्मेवारी त कसैले निर्वाह गर्न सक्दैन । त्यसैले त माता पिताको सम्झना सधै रहिरहन्छ । अझ उहाँहरुको निधनपछि त झनै सम्झना आउने गर्छ।

यस्तै, बाँकेको राप्तिसोनारी गाउँपालिका निवासी सिद्धार्थ केसीले आफ्नो स्वर्गीय पिताको सम्झना स्वरुप एक स्मृति पार्क स्थापना गरेका छन् । उनले आफ्ना स्वर्गीय पिता टंक बहादुर खत्रीको सम्झनामा ‘टंक स्मृति पार्क’ स्थापना गरेका छन् । उनले राप्तिसोनारी वडा नम्बर २ टिकुलिपुरमा सो पार्क स्थापना गरेका हुन् । पार्कसंगै आफ्ना पिताको शालिक पनि अनावरण गरेका छन् ।

हिजो बिहिवार नेकपा प्रतिनिधिसभा सांसद महेश्वर गहतराज (अथक) र नेकपा ५ नं प्रदेशसभा सांसद कृष्णा केसी (नमुना)ले सो पार्क र शालिकको उद्घाटन गरेका हुन् । करिब १ लाख ५० हजारको लगानिमा निर्माण गरिएको पार्क उद्घाटनमा गाउँ पालिका उपाध्यक्ष धनीकुमारी खत्री, २ नं वडा अध्यक्ष मदन वली लगायत अन्य वुदिजीवी एवंम राजनीतिज्ञहरुको उपस्थिती रहेको थियो।

आफ्ना स्वर्गीय पिताको सधै सम्झना रहिरहोस भन्नका लागि परिवार मिलेर पार्क अनि शालिक स्थापना गरेको सिद्धार्थले बताए। साथै, आगामी दिनमा स्वर्गीय पिताको नाममा फाउन्डेसन खोलेर धेरै सामाजिक काम गर्ने पनि सिद्धार्थको योजना रहेको छ।

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन