कुलमानलाई नियुक्ति गर्न मिल्दैन : मन्त्री ज्ञवाली

काठमाडौं : सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भर्खरै सेवाबाट निवृत भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार नमिल्ने बताएका छन्।  

शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले यस्तो बताएका हुन्।

साथै मन्त्री ज्ञवालीले मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने उनले बताए।  घिसिङप्रति सरकार सन्तुष्ट रहेको र उनलाई पुनर्नियुक्ति दिन कानुनले रोक्ने उनको भनाइ थियो।

कुलमान घिसिङलाई नै नियुक्ति गर्नै परे पनि नयाँ कानुनअनुसार गरिने तर यसबारे सरकारले छलफल गरिरहेको उनले बताए।  ‘एमसिसी पनि पास हुन्छ’ मन्त्री ज्ञवालीले ‘बहुचर्चित र विवादित’ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पनि अनुमोदन हुने बताएका छन्।

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन