बाँकेमा आज एकै दिन १५७ जना कोरोना निको भई डिस्चार्ज (लिस्ट सहित)

नेपालगन्ज : बाँकेमा आज हाल सम्मकै धेरै कोरोना संक्रमित निको भएर डिस्चार्ज हुदैछन । कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठका अनुसार आज १५७ जनालाई डिस्चार्ज दिन थालिएको हो ।

कोरोना संक्रमण बढेसगै रोगसगं लडेर जित्नेहरुको संख्यामा वृद्धि भएको छ । कोरोना संक्रमण भएर निको हुने दर ८४.४५ प्रतिशत रहेको कोरोना फोकल पर्सन श्रेष्ठले बताए । आज कोरोना जित्नेहरुमा ५९ महिला र ९८ जना पुरुष रहेका छन ।

हालसम्म बाँकेमा २९७७ संक्रमित रहेकोमा २५१४ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन । ३० जनाको भने मृत्यु भइसकेको छ भने बाँकेकै ४३३ जना आइसोलेसनमा रहेका छन । लिस्ट सहित हेर्नुस्

प्रतिक्रिया