झण्डै दश लाख बराबरको नगद र चेक सहित सात जुवाडे पक्राउ

प्रहरीले काठमाडौंको कुलेश्वरबाट सात जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा घरधनी श्रेष्ठ, काभ्रेका यादव चौलागाई, धादिङका राजु पौडेल, चितवनका राजिव श्रेष्ठ, केशव प्रसाद मुडवरी, बाराका श्याम तामाङ र कैलालीका प्रेम बडुवाल छन् ।

उनीहरुको साथबाट २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र ७ लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको चेक बरामद भएको महानगरीय प्रहरी बृत्त कालीमाटीले जनाएको छ । 

पक्राउ परेका सातै जनाविरुद्ध जुवा ऐनअन्तर्गत अनुसन्धान अघि बढाइने काठमाडौं प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया