मलेसिया पुगेका सल्यानका रावत उठेनन्

नेपालगन्ज : वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर सात गैरिकटेरी सल्यानका ४२ वर्षिय पुर्ण रावत सुतेकै अवस्थामा मृत भेटिएका छन् ।

स्मार्ट टाक्स सेक्युरिटी कासतेरा मलेसियामा कार्यरत रावत गत बिहीवार सुतेकै अवस्थामा मृत भेटिएको र मृत्युको कारण भने नखुलेको र पोस्टमार्टम रिपोर्ट सोमबार आए पछि मृत्युको कारण खुल्ने बताइएको छ ।

मलेसिया पुगेको रावत ११ महिना भएको थियो भने रावतको १ छोरी , २ छोरा र श्रीमती रहेका छन् । उनी काठमाडौं गौसालाको एड्भान्स मेनपावर कम्पनी मार्फत मलेसिया पुगेका थिए ।

प्रतिक्रिया