वडाध्यक्ष सुनारको संयोजकत्वमा लागु औषध निस्तेज समिति निर्माण

खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा वडाध्यक्ष तिलकविर सुनारको संयोजकत्वमा लागु औषध निस्तेज समिति निर्माण गरिएको छ ।

वडामा हुने गरेका लागु औषध ओसार पसार, सेवन का साथै त्यसले निम्ताएको सामाजिक असरलाई निर्मुल पार्न निर्माण गरिएको समितिमा वडाका समाजसेवी, जनप्रतिनिधि, राजनितिक दल प्रतिनिधि, स्थानिय अगुवा, भुतपुर्व प्रहरी, युवा तथा बालबालिका प्रतिनिधि, स्थानिय पत्रकार लगाएत रहेका छन ।

इलाका प्रहरी कार्यालय धनौलिको सक्रियतामा निर्माण गरिएको उक्त समितिले सक्रिय भएर काम गर्नेमा दुईमत नभएको समितिका संयोजक सुनारले बताए । समिति निर्माण पछि बोल्दै संयोजक तथा वडाध्यक्ष सुनारले लागु औषध प्रयोग गर्ने बढ्दै गएकाले समाजमा नकारात्मक कुराहरु हुने क्रम पनि थप बढेको हुदाँ यस्तो क्रियाकलापलाई रोक्न सबैको सहयोग र सहकार्य महत्वपुर्ण रहेको बताएका थिए ।

समितिले आफ्नो पहिलो बैठक यहि २५ गते राखेको र आगामि दिनमा हरेक महिनाको एक पटक बैठक बसि काम गरिने समितिका सदस्य अर्जुन थापाले जानकारी दिए ।

प्रतिक्रिया