रिकभरिङ नेपालको आयोजनामा एक दिने क्षती न्यूनीकरण कार्यशाला सम्पन्न

नेपालगन्ज : रिकभरिङ नेपालको आयोजनामा सम्पन्न एक दिने क्षती न्यूनीकरण सम्बन्धी एक दिने कार्यशालामा सहभागीहरुले स्थानिय तहले लागुऔषध प्रयोगकर्ताको उपचार र लागु औषध बिरुद्धको जनचेतनामूलक कार्यक्रमको अपनत्व लिनुपर्ने धारणा राखेका छन् ।

कार्यशालामा रिकभरिङ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तथा चेन्ज टिमका कार्यक्रम संयोजक इन्द्रा कुमारी जिसीले कार्यक्रमको बारेमा प्रकाश पार्दै दातृ निकायको सहयोगमा संचालित मेथाडोन प्रयोग , सिरिन्ज डिस्ट्रीब्युट, कण्डम बितरण जस्ता छती न्यूनीकरणका कार्यक्रमहरु स्थानिय तहले अपनत्व गर्नु पर्ने बताउनुभयो ।

सबै सरोकारवाला निकाय संगको समन्वयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके मात्रै कार्यक्रमले दीर्घकालीन रुपमा जाने बताउनुभयो ।

दातृ निकायको सहयोगमा संचालित कार्यक्रम भएकाले दातृ निकायले सहयोग दिन बन्द गरे हाल छती न्यूनीकरण कार्यक्रम अन्तरगत उपचार लिइरहेका लागू औषध प्रयोगकर्ताहरु पुनः पुरानै स्थितिमा फर्कन सक्ने अवस्था सृजना हुने भएकाले यसतर्फ स्थानिय तहले सोच्नुपर्ने बेला भएको बताउनुभयो ।

कार्यशालामा लागुऔषध प्रयोग र  त्यसबाट जोडिएको स्वास्थ्यका समस्या जटिल रहेको र यसबारे बेलैमा सबैले मिलेर काम नगरे अवस्था बिकराल हुनसक्ने भन्दै स्थानिय तहले कार्यक्रम र त्यसबारे योजना तयार गर्नु पर्ने सहभागीले बताएका छन् ।

कार्यशालामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष बुद्धि सागर सुबेदीले स्थानिय तहले नै अब आउने दिनमा यसतर्फ केन्द्रित योजना र बजेट ल्याउनुपर्ने बताएका छन् ।

लागु औषध प्रयोग र त्यसैले समाज, वडा र देशलाई हानी पुराउने र दिनप्रतिदिन लागू औषध सम्बन्धी समस्या बढ्दै गएकोले सबै मिलि यसको समाधानमा केन्द्रित हुनु जिकिर गरेका छन् ।

नेपालगन्जमा सम्पन्न कार्यशालामा जानकी गाउँपालिका अध्यक्ष राम निवास यादव, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष बुद्धि सागर सुवेदी , रिकभरिङ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तथा चेन्ज टिमका कार्यक्रम संयोजक इन्द्रा कुमारी जिसि, चेन्ज टिमका परियोजना अधिकृत यशोदा ज्ञवाली, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर दशका प्रतिनिधि, जिल्ला प्रहरी तथा वडा प्रहरी कार्यालयका प्रतिनिधि, सामुदायिक प्रहरीका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया