
नेपालगन्ज : लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान जानकी गाउँपालिकामा पनि सुरु गरिएको छ । लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता: ब्यक्ती, समाज र सबैको ऐक्यवद्धताको मुल नाराका साथ बुधवार देखि विश्वभर सुरु भएको १६ दिने अभियान मैनवक्ती वालेर र ब्यानर लगायर सुरु गरिएको हो ।
उदघाटन कार्यक्रममा जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रसासकिय अधिकृत बस बहादुर राना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत कल्पना गाहा मगर लगाएत कर्मचारीहरु र सघं संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
१६ दिने अभियानका अवसरमा उपस्थिति भयका महिलाहरुले महिलालाई सम्मान गर्नु नै महिला हिँसा बिरुद्दको ऐक्यवद्धता हुने बताएका थिए ।