जानकि गाउँपालिकाका किशोरीलाई सामाजिक संजालको चिन्ता

नेपालगंज : सामाजिक सन्जालको सही सदुपयोग गर्नु पर्ने जानकि गाउँपालिकाका किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा जानकि गाउँपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा किशोरीका क्लबका पदाधिकारीका लागि २ दिने साईबर कानुन तथा सामाजिक सन्जाल मार्फत लेख प्रकाशन प्राविधिक तालिममा सो कुरा बताएका हुन् ।

उक्त तालिममा जानकि गाउँपालिकाका किशोरीहरुको सहभागिता रहेको थियो । सो प्राविधिक तालिमका प्रशिक्षक तिलक गाहा मगरले कम्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुन, साईबर अपराधको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए ।

त्यसै गरि स्याक नेपालका अर्मिला रोकायले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । कोभिडबाट सुरक्षित हुनको लागि कार्यक्रममा मास्क र सेनिटाईजरको प्रयोग अनिवार्य गरिएको थियो । जानकि गाउँपालिकामा गठित सृजनशिल किशोरी क्लबका यशोदा पुन मगरले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् ।

त्यसै गरि अर्का सहभागी दिपिका शाहिले सामाजिक सन्जाल कसरी सुरक्षित रुपमा सन्चालन गर्ने बारे प्राविधिक ज्ञान पाएको बताइन् । बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो ।

साथै उहाँले बाँकेको आठ वटै स्थानीय तहलाई स्याक नेपालले बाल विवाहमुक्त वडा बनाउन रणनिति बनाईरहेको र स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि कार्य गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया