खुल्ला भलिबल प्रतियोगितामा चार टिमको विजय सुरुवात

डिल्ली शाही, कोहलपुर : बाँकेको कोहलपुर १४ हवल्दारपुरमा खुल्ला भलिबल प्रतियोगितामा पहिलो चरणको खेलमा चार टिमले विजय सुरुवात गरेका छन् । आइतबार भएको भलिबल प्रतियोगिताको दोस्रो दिनमा आठ वटा टिम विच प्रतिस्प्र्धा भएको थियो ।

आइतबार भएको प्रतियोगितामा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए), च्याम्पियन स्पोर्ट क्लब, ट्रेड यूनियन महासंघ र महेन्द्र बहुमुखी क्याम्पस गरी चार वटा टिमले पहिलो चरणको खेलमा विजयको सुरुवात गरेका छन् । खेलमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए) भर्सेस सुर्खेत चोल्पा, ढकेरी यूवा क्लब भर्सेस च्याम्पियन स्पोर्ट क्लब, ट्रेड यूनियन महासंघ भर्सेस च्यम्पियन स्पोर्ट क्लब(बि) र महेन्द्र बहुमुखी क्याम्पस भर्सेस बर्दिया युथ क्लब विच प्रतिस्पर्धा भएको थियो ।

दोस्रो दिनको पहिलो खेलमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए)ले वेस्ट अफ थ्रि खेल्दै खेलको विजय सुरुवात गरेको थियो । अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए) र सुर्खेत चोल्पा विच प्रतिस्पर्धा भएको थियो । सो खेलमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए)ले सुर्खेत चोल्पालाई (२६—२८, २५—१७, २५—२१) मा पराजित गर्दै विजय सुरुवात गरेको आयोजकले जनाएको छ । दोस्रो खेलमा च्याम्पियन स्पोर्ट क्लब र ढकेरी यूवा क्लब विच प्रतिस्पर्धा भएको थियो ।

जसमा च्याम्पियन स्पोर्ट क्लबले ढकेरी यूवा क्लबलाई (२१—२५, २०—२५) मा पराजित गर्दै विजय सुरुवात गरेको छ । तेस्रो खेलमा ट्रेड यूनियन महासंघ र च्यम्पियन स्पोर्ट क्लब(बि) विच प्रतिस्पर्धा भएको थियो । ट्रेड यूनियन महासंघले च्यम्पियन स्पोर्ट क्लब(बि)लाई (२५—२२, २५—१०) मा पराजित गर्दै विजयको सुरुवात गरेको छ । चौथो खेलमा महेन्द्र बहुमुखी क्याम्पस र बर्दिया युथ क्लब विच प्रतिस्पर्धा भएको थियो ।

जसमा महेन्द्र बहुमुखी क्याम्पसले बर्दिया युथ क्लबलाई (२५—१४,२५—१५) मा पराजित गर्दै विजय सुरुवात गरेको छ । शनिबार भलिबल प्रतियोगिताको पहिलो दिनमा दुई वटा टिम विजय सुरुवात गरेको थियो । सो खेलमा त्रिभुवन माध्यामिक विद्यालय हाइस्कुल र ब्राइटलाइट एकेडेमी कौशिलानगर टिमले समेत विजय सुरुवात गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार र द्धितीय हुनेलाई २५ हजार पुरस्कार सहित प्रमाण पत्र र ट्रफि सहित पुरस्कारको व्यवस्था गरिएको च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टले जानकारी दिए । प्रतियोगिताको लागि कोहलपुर नगरपालिका ९ र १४ को वडा कार्यालयहरुले संयूक्त रुपमा सहयोग गरेका छन् भने प्राविधिक सहयोग भने जि–फोटिन युथ एण्ड स्पोर्ट क्लबले गरेको हो ।

प्रतिक्रिया