खजुरामा एन्फा ग्रासरुट प्रशिक्षण कार्यक्रम सुरु

खजुरा : बाँकेको खजुरामा एन्फाको ग्रासरुट प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । मंगलबार खजुरा गाउँपालिकाको न्यु डाफे स्पोर्टस क्लवले आयोजना गरेको एन्फा ग्रासरुट कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले सहकार्य गर्न पालिका तयार रहेको प्रतिवद्धता जनाउनुभएको थियो । कक्षपतिले खजुरालाई खेलकुदको उर्वर भुमिका रुपमा चिनाउन यस किसिमको कार्यक्रमले टेवा पुगाउने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रमका विशेष अतिथीका रुपमा पाल्नुभएका फुटबल संघका केन्द्रिय उपाध्यक्ष उपेन्द्रमान सिंहले फुटबल गाउँगाउँमा पुगाउन पर्छ भन्ने उदेश्यले ग्रासरुट फुटबलको कार्यक्रम ल्याइएको बताउनुभयो । एन्फाका उपाध्यक्ष सिंहले हाल देशभरी १८ हजार बालबालिकाले यहि कार्यक्रम मार्फत खेल खेल्न पाइरहेको उल्लेख गर्नुभयो ।

फुटबलको माहोल बनाइराख्न गाउँमा यसरी ग्रासरुट फुटबल कार्यक्रम गरिदै आइएको सिंहले बताउनुभएको छ । एन्फा ग्रासरुट कार्यक्रम बाट छनोटमा पर्ने खेलाडी बालबालिकालाई निशुल्क पढाउनका साथै फुटबल प्रशिक्षण समेतलाई निरन्तरता दिइने भएको हो । उहाँले ग्रासरुट फुटबलको माध्यमबाट बालबालिकाहरुले धेरै ज्ञानगुनका कुरा सिक्न पाउने हुदाँ यस्तो कार्यक्रम गाउँमा झनै आवश्यक रहेको बताउनुभएको छ ।

न्यु डाँफे स्पोर्टस क्लव खजुरा तथा खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तिलकविर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, वडा नम्बर ६ का वडाध्यक्ष साविर जोलाह, बाँके जिल्ला फुटबल सघंका अध्यक्ष भोजराज शाहि, लुम्बिनी प्रदेशका प्रशिसक जनक केसी, गाउँपालिकाका राजनितिक सल्लाहकार भिम वलि, न्यु डाँफे स्पोर्टस क्लवका पदाधिकारी, पत्रकार, विद्यार्थि लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया