जयकिसानमाथि धम्बोझीको सानदार जित

नेपालगन्ज : खजुरा गाउँपालिका–१, सैनिकमा जारी प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको तेस्रो दिन धम्बोझी स्पोर्ट्स, नेपालगन्जले जयकिसान स्पोटर््स, सैनिकलाई ४–० गोल अन्तरले हराएको छ ।

बुधबार संचालन भएको पहिलो प्रतियोगितामा खेलभर उच्च दवाव राख्दै धम्बोझीले सानदार विजयी हासिल गरेको हो । धम्बोझीका तर्फबाट ६ नम्बर खेलाडी अनिश पौडेलले २ गोल गरे भने १६ नम्बर र १० नम्बर खेलाडी उद्धव कार्की र शनिल थापामगरले १–१ गोल गरे ।

त्यसैगरी दोस्रो खेलमा साहारा एकेडेमी, लखनउले सिटि एकेडेमी, कोहलपुरलाई हराएको छ । साहाराले २–० गोल अन्तरले सिटिलाई हराएको हो । साहाराका तर्फबाट १६ नम्बर खेलाडी रोहितले १९ औं मिनेटमा पहिलो गोल गरे भने १० नम्बर खेलाडी अरनपले ६६ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

जय किसान स्पोर्ट्सले अयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए ।

मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया