टुुर दी ठाकुरद्धाराको सचिवालय उद्घाटन तथा लोगो सार्वजनिक


नेपालगन्ज : नेपालगन्ज साईकिलिग क्लब र नाटा बाँकेको सम्युक्त आयोजनामा हुन लागेको टुर दी ठाकुरद्धाराको तयारीका लागी सचिवालय स्थापना गरिएको छ ।

यही माघको २३ र २४ गते हुने आयोजनाका लागी सहयोग पुग्ने उदेश्यले आज एक कार्यक्रमका विच सचिवालय उद्घाटन तथा कार्यक्रमको लोगो सार्वजनिक गरिएको हो । लोगोः नेपालगंजका प्रिन्ट ब्यवसायी चन्द्रप्रकाश सुबेदिले तयार गरेका हुन ।

यसपालिको लोगोमा बाँके र बर्दियाको राष्ट्रिय निकुञ्जमा रहेको संरक्षित बाघको प्रतिक रहेको छ भने साइकल यात्राको प्रतिकको रुपमा रहेको छ, पर्यवरणलाई जोड दिनको लागी हरियाली लोगोमा देखाइएको छ ।

एक कायक्रमका विच पर्यटन बोर्डका बरिष्ठ अधिकुत सन्तोष विक्रम थापा र नेपाल च्याम्बरस अफ कमर्स नेपालगन्जका सचिव संजय थापाले संयूक्त रुपमा लोगो सार्वजनिक गर्नुभएको नेपालगन्ज साईकिलिग क्लबका सचिव सुरेन्द्रद्विप कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया