
नेपालगन्ज : नेकपा बाँकेका नेता तथा केन्द्रीय सदस्य पुर्व मन्त्रि दिनेशचन्द्र यादवको कोरोनाको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको छ ।
गम्भिर प्रक्रितिको कोरोना देखिएको उहाँलाई नेपालगन्ज बाट थप उपचारका लागी हेलिकप्टरदेखि काठमाडौ लगेर उपचार गराइरहदापनि उहाँको स्वास्थमा सुधार नहुँदा आज मृत्यु भएको हो ।
भुमि ब्यबस्था समस्या समाधान आयोग का केन्द्रिय सद्स्य रहेका यादवको आज बिहान २ : ३० बजे काठमाडौको ग्राण्डि हस्पिटलमा निधन भएको नेकपा नेता दत्त प्रसाद आचार्यले जानकारी दिनुभयो ।
यादवको भेन्टीलेटरमा राखेर उपचार गाउदै आइएको थियो । उहाँको मृत्युले बाँके जिल्लानै शोकमा डुवेको छ ।