क्रियाशिल अप्टिमिस्ट क्लव अफ नेपालगञ्जद्धारा हाईजेनिक किटस् वितरण

नेपालगन्ज : आशा र सकारात्मक दृष्टिकोणलाई बढवा दिने उद्धेश्यले क्रियाशिल अप्टिमिस्ट क्लव अफ नेपालगञ्ज द्धारा बाँके जिल्ला डुडुवा गाउँपालिका वडा नम्बर–६, सुब्बापुर्वा, घोडापालक समुदायका १०१ जना गरिव तथा बिपन्न बालबालिकाहरुलाई हाईजेनिक किटस् वितरण गरेकोछ ।

आशावादी सोचले असल युवा, असल समुदायका साथै समाजमा अग्रगामी रुपान्तरण ल्याउँछ भन्ने सोचका साथ अन्तराष्ट्रिय स्तरमा स्वयंसेवि संस्थाको रुपमा स्थापित अप्टिमिस्ट ईण्टरनेशनलमा आवद्ध भई नेपालगञ्जमा क्रियाशिल रहेको यस क्लबमा आवद्ध सदस्यहरुले स्वयमसेवी भावना राखि आर्थिक स्रोत ब्यबस्थापन गरि समय समयमा समाजउपयोगि क्रियाकलपहरु गर्दै आईरहेका छन् ।

डुडुवा गाऊपालिका वडा नम्बर–६, सुब्बापुर्वा, घोडापालक समुदायकाले घोडा तथा खच्चड पालन गरि स्थानिय ईट्टा भट्टामा ढुवानी गर्दै,जिबन गुजारा गर्दै आईरहेको छन् । आर्थिक बिपन्नता र गरिबिको चरम सिमाको सामना गरिरहेता पनि उनीहरुको बालबालिकाहरुको संख्या धेरै रहेकोछ । कमाईबाट बिहान बेलुका छाक टार्न मुस्किल र कठिनाई भईरहेको अवस्थामा उनिहरुको बालबालिकाको अवस्था हरेक दृष्टिकोण बाट नाजुक रहेकोछ ।

कोभिड–१९ बाट ग्रसित र त्रसित अवस्था साथै चिसो सिजनको चपेटामा रहेका यस समुदायका बालबालिकाको अवस्था लाई मध्यनजर राख्दै, सरसफाई लाई ध्यानदिन मद्दत पुगी जनचेतना अभिबृद्धि हुने विश्वासका साथ हाईजेनिक किटस् वितरण गरेकोछ । आशावादको दर्शनलाई बिस्तार र बिकास गर्ने, असल सरकार र नागरिक मामिलाहरूमा आम नागरिकको सक्रियता अभिबृद्धि गर्ने, कानुनको सम्मान गर्ने, मित्रताको बिकास गर्ने, युवाहरुलाई प्रोत्साहन गर्ने, मानवताको भावनको बिकास गर्ने, आत्मनिर्भर समुदायका लागि काम गर्ने यस संस्थाका उद्धेश्यहरु रहेका छन् ।

नेपालमा १७ औं शाखाको रुपमा स्थापित अप्टिमिस्ट क्लब अफ नेपालगञ्जको अध्यक्ष रमेश सिटौला,सचिब कमल शाही,डाईरेक्टर कुमार अधिकारी,सदस्यहरु : डा.रोमा बोरा, मधुसुधन अधिकारी, रेखा श्रेष्ठ, के.पी घिमिरे, हंष बहादुर शाही,दिला शाह,गिता खत्रि सहितको समुह स्थानिय घोडापालक समुदाय रहेको सुब्बापुर्वामा पुगी किड्स बितरण गरिएको कुरा क्लबका उपाध्यक्ष नमस्कार शाहले बताएका छन् ।

पशु अधिकारकर्मी तथा यस क्बलका सदस्य रेखा श्रेष्ठले एनिमल नेपालसंग समन्वय गरि संयोजन गरेको उक्त बितरण कार्यक्रममा डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्री मोहन राम मिश्राले बितरण कार्य गरेकोमा धन्यवाद दिदै,आउदा दिनहरुमा समेत सहयोगको अपेक्षा राखेका कुरा बताए । कार्यक्रमलाई क्लबका सचिब कमल शाहीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया