
यदी बच्चा बेलामा यसको निराकरण गरिएन भने बच्चाहरुको उमेर बढ्दै जाँदा समेत त्यसले सताउन सक्छ त्यसका लागि केही उपायहरु अपनाउन जरुरी छ । यसका लागि केही घरेलु उपायहरु रहेका छन् ।
दालचिनी
ओछ्यानमा पिसाब फेर्ने बच्चाहरूका निम्ति दालचिनीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ । दालचिनीको टुक्रा दिनमा एक पटक बच्चालाई चुस्न दिने अथवा दालचिनी पाउडर छर्किएर खाजा ख्वाउने गरेमा ओछ्यानमा पिसाब फेर्ने क्रम रोकिन्छ ।
अमला
दुईवटा अमला राम्रोसँग पिस्ने र यसमा एक चमच मह र एक चिम्टी बेसार मिसाइ पेस्ट बनाउने । यसरी तयार पारेको पेस्ट बच्चालाई हरेक बिहान एक चम्चा खान दिने । यसो गर्नाले ओछ्यानमा पिसाब फेर्न रोकिन्छ ।
ओखर र किसमिस
बच्चालाई सुताउनुअघि दुईवटा ओखर र पाँचवटा किसमिस ख्वाउने गरेमा केही सातामै बच्चाले ओछ्यान भिजाउन छोड्छ ।
विशेष ख्याल
बच्चा सेतेसँगै रातिको समयमा केही घण्टामा उठाउने र पिसाव फेर्न लगाउनु आवश्यक हुन्छ ।