अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ

आज आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् ।

बिहानैदेखि प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।

उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ गरेको प्रहरीले  कलंकीबाट पनि आधा दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्यसहित नेता कार्यकर्ता पक्राउ परेका  छन् ।

प्रतिक्रिया