ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका ४ मा ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका–८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् । को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १, ०१–००१ क १० ३५ नम्बरको ट्रकले शुक्रबार बेलुकि साढे ७ बजे ठक्कर दिएपछि दुर्घटना भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुवै सवारी साधनसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया