बाँकेमा पोषण कार्यक्रम नै कुपोषित – फोकल पर्सन मल्ल

खजुरा : बाँकेमा पोषण कार्यक्रम खासै प्रभावकारी नभएको खजुरामा आयोजित एक कार्यक्रममा स्वयम स्वास्थ्यकर्मिहरुले बताएका छन । बहुक्षेत्रिय बृहत पोषण योजना सम्बन्धि स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि तालिममा स्वास्थ्य कार्यालय बाँकेका पोषण फोकल पर्सन बसन्ती मल्लले पोषण कार्यक्रम नै कुपोषित अवस्थामा रहेको बताएकी हुन ।

उनले स्वास्थ्यकर्मिले परामर्शमा विशेष जोड दिन आग्रह गरिन । पोषण कार्यक्रमलाई सफल र सहज बनाउन स्वास्थ्यकर्मिको भुमिका महत्वपुर्ण हुने भन्दै पोषण फोकल पर्सन मल्लले यसप्रति गम्भिर भएर कार्य गर्नुपर्नेमा आफ्नो धारण राखेकी थिइन । तालिमको उद्घाटन सत्रमा बोल्ने बत्ताहरुले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, प्राथमिक स्वास्थ्य केन्द्र खजुरामा कार्यरत डा. पुजा सुनार, जन स्वास्थ्य कार्यालय बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेल, स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, खजुरा स्वास्थ्य केन्द्रका जनस्वास्थ्य अधिकृत, खजुरा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक दिपक ढकाल, खजुरामा रहेका स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मिहरु, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया