१ लाख ५० हजार सहित नेपालगंजबाट जुवाडे पक्राउ

नेपालगंज : नेपालगंज उपमहानगरपालिका वडा नम्बर दुइ बौद्द टोलबाट सोमबार बाँके प्रहरीले १ लख ५० हजार रकम सहित ९ जुवाडे पक्राउ गरेको छ |

नेपालगंज उपमहानगरपालिका वडा नम्बर दुइ बौद्द टोल स्थित भुट्टू मियाको घरमा जुवातास हुने गरेको सुचनाको आधारमा वडा प्रहरी कार्यालया नेपालगंजबाट खटिएको टोलीले जुवा खेल्दैगरेको अवस्थामा ९ जना जुवाडे सहित १ लाख ५० हजार १ सय ६५ रुपैया समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम बहादुर रानाले बताएका छन् |

प्रतिक्रिया