श्रीमानले कान्छी श्रीमतिलाई काठमाण्डौँमा बसाएको भन्दै आफ्नै श्रीमानको हत्या

कञ्चनपुर :  कञ्चनपुरको बेलौरीमा श्रीमतिले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोट बस्ने अन्दाजी २८ बर्षीया बसन्ती चौधरीले आफ्नै ३० बर्षीय श्रीमान ओम कुमार चौधरीको मंगलबार विहान धारिलो हतियार फरुवाले प्रहार गरि हत्या गरेकी हुन्।

हत्यापछि श्रीमति स्वयम् इलाका प्रहरी कार्यालय बेलौरीमा गएर श्रीमानको हत्या गरेको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

श्रीमानले अर्को विवाह गरी कान्छी श्रीमतिलाई काठमाण्डौँमा बसाएको आरोपमा हत्या गरेको स्विकार गरेकी छिन्।

हत्यापछी श्रीमति ईलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणम रहेकी छिन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया