पृथ्वीराजमार्गमा ट्रक दुर्घटना

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना–३ फिस्लिङ्गमा दुर्घटनाग्रस्त ट्रक । आज विहान अन्दाजी ७ बजे मुग्लिनबाट काठमाडौँ तर्फ जादैँ गरेको ना ८ ख १५०९ न को ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध छ ।

अहिले उक्त ट्रकलाई क्रेनको मद्दतले सडकबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । तस्वीर : हीरालाल गुरुङ

प्रतिक्रिया