कञ्चनपुरकी १४ वर्षीया बालिका १ हप्तादेखि बेपत्ता

धनगढीः कञ्चनपुरबाट बेपत्ता भएकी एक बालिकाको अवस्था अझै अज्ञात रहेको छ। 

गत सोमबारदेखि हराइरहेकी बेलडाँडी गाउँपालिका–१ नवज्योती टोल निवासी कन्हैयालाल कश्यप (जिओ) की १४ वर्षीया छोरी सुजाता कश्यपबारे अझै जानकारी भेटिन सकेको छैन। 

घरबाट सामान किन्न भनेर पसल गएकी उनी सोमबार दिउँसोबाट बेपत्ता भएको परिवारले जनाएको छ। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

‘उनी बेपत्ता भएको दिन बसमा सवार भएर महेन्द्रनगरबजार आएको देखिन्छ’ कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भने, ‘त्यहाँबाट ती बालिका कता गइन पत्ता लाग्न सकेको छैन।’ 

उनका अनुसार बालिकाका केही आफन्त सीमापारी भारतमा बसोबास गर्दै आइरहेकाले बुवा कन्हैयालाल कश्यपले उता पनि बुझिरहेका छन्। 

प्रतिक्रिया