कोहलपुर मदन चोक नजिक दुर्घटना: एकको मृत्युु, दुई घाइते

नेपालगन्ज : मंगलबार बिहान बाँकेको कोहलपुरमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

२२३९ नम्बरको अनियन्त्रित बसले मोटरसाइकल ,साइकल र पैदलयात्री समेतलाई ठक्कर दिदा भे १० प ५६१ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका बाँकेका प्रमुख राजु भण्डारीले बताएका छन् । दुर्घटनामा कोहलपुर ३ का बिरेन्द्र शाहिको मृत्यु भएको हो ।

त्यस्तै बसले साइकल यात्री र पैदलयात्री समेतलाई ठक्कर दिदा साइकल र पैदल यात्री दुबै जना घाइते भएको भण्डारीले बताए  ।

दुर्घटनामा परि घाइते हुनेमा साइकल यात्री प्रदिप आचार्य र पैदल यात्री प्रकाश महतरा रहेको खुलेको छ , पैदल यात्री महतरालाई सामान्य चोटपटक लागेको बताइएको छ । दुर्घटना मंगलबार बिहान ६ बजे आसपास भएको थियो ।

प्रतिक्रिया