बाँकेको नरैनापुर गाउँपालिकाको सुइयामा आगलागी, २५ घर नष्ट(फोटो)

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाको सुइयामा आगलागी हुँदा २५ घर जलेर नष्ट भएको छ ।

बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा न १ सुइया गाउँमा भएको भिसष आगलागीले हुँदा २५ घर जलेर नस्ट भएको हो ।

आगलागीमा परी करोडौंको जिन्सी तथा नगद क्षति भएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले पीडितहरुको घर निमार्ण गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
हेर्नुस् गाउँपालिका अध्यक्ष आफ्नो सामाजिक संजालमा लेखेका छन्-
दु:खद,आज बिहान करिब ११:३० बजे हाम्रो नरैनापुर गाउपालिकाको वडा न १ सुइया गाउँमा भएको भिसड आगलागीले,२५ घर जलेर नस्ट भएको छ भने करोडौंको जिन्सी तथा नगदको क्षेति भएको छ,यो “दु:खद घडीमा हामी आगलागी पीडितलाई सक्दो सहयोग गर्नेछौ, पीडितहरु सङै उभिने छौं,जलेका घर फेरि बनाउने छौ,आवश्यक सहयोगको लागी सम्पुर्णमा हार्दिक अपिल गर्दछु ।”


हेर्नुस् फोटो ( फोटो: अध्यक्षको फेसबुक वालबाट)

प्रतिक्रिया