नारी दिवस : लियो खजुरा र निदानद्वारा थाइराइड परिक्षणमा सहुलियत

नेपालगन्ज : आज (सोमबार ) १११ औं अन्तर्राष्ट्रिय नारी दिवस । देशभर विभिन्न कार्यक्रम गरि मनाइयो। उसो त नेपालगन्जमा पनि नारी दिवसको अवसरमा धेरै संघ संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरे।

यसैबीच, नेपालगन्जमा रहेको निदान डाइग्नोष्टिक हेल्थ केयर र लियो क्लब अफ नेपालगन्ज खजुराको संयुक्त आयोजनामा थाइराईड परिक्षणमा महिलाहरूका लागि विशेष छुटको कार्यक्रम आयोजना गरिएको छ।

लियो क्लब अफ नेपालगन्ज खजुराका अध्यक्ष अरुना गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महिलाहरूका लागि थाइराइड परिक्षण गर्दा ५० प्रतिशत छुट दिइएको बताइएको छ।

उक्त छुटको सेवा करिब ५० बढी महिलाहरुले लिएको निदान डाइग्नोष्टिकले दिएको जानकारी दिँदै निदानका संचालक तथा लियो क्लब अफ नेपालगन्ज खजुराका संस्थापक अध्यक्ष शिशिर सापकोटाले जानकारी दिए।

कार्यक्रममा थाइराइडको व्याख्या, लक्षण , असर र उपाय र उपचार पद्धतिको बारेमा पनि शिशिर सापकोटाले जानकारी दिएका थिए।

कार्यक्रमा प्रमुख अतिथिको रुपमा लायन क्लब अफ नेपालगन्ज खजुराका अध्यक्ष प्रेम खरेल रहेका थिए। त्यस्तै, लायन जोन प्रमुख लायन सरोबर प्रसाईं , लियो प्रेसिडेन्टल एड्भाइजर लियो भावना रोका, लियो खजुराका पुर्व अध्यक्ष अमित लामा,लियो क्लब अफ नेपालगन्ज इनोभेटिभ अध्यक्ष लियो प्रकाश कुवर र लियो क्लब अफ नेपालगन्जका उपाध्यक्ष समीक्षा बस्याल लगायतका व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।

प्रतिक्रिया