खजुरा क्यान्सर अस्पतालको सेवा विस्तार

खजुरा : बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै लगेको । आज अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालले दिदै आएको र विस्तार गर्न लागेको सेवाका बारेमा जानकारी गराएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा.कृष्ण प्रसाद आचार्यले असोज देखि अस्पतालमा नयाँ प्रशासन आएपछि गरेको कार्य प्रगतिका बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए । कार्यकारी निर्देशक डा.कृष्ण प्रसाद आचार्यका अनुसार अप्रेसन सेवा मंसिर ५ गतेबाट सुरु गरि हालसम्म साना तथा ठुलो अप्रेसन –पाठेघर, पित्त थैली, स्तनको क्यान्सर, एपेन्डिक्स) गरि ९४ जनाले सेवा लिइसकेको छ ।

त्यस्तै, हिस्टोप्याथोलोजि सेवा चैत्र १ गतेदेखी सुरु गरि हालसम्म १५ वटा रिपोर्ट भइसकेको , क्यान्सर रोगको लागि अत्यावश्यक रेडियोथेरापी मेसिन लिन्याक खरिद गर्नका लागि सफलता पुर्वक ३० करोड बजेट सुनिश्चितता गरिएको, ६०० जनाले सेवा लिने गरि निःशुल्क क्यान्सर शिविर सञ्चालन गरिएको, औसत ओ.पि.डी. बिरामी संख्या १५–२० देखी ५०–८० पु¥याईएको, औसत मासिक आय १ लाख प्रति महिना भइरहेकोमा १ दिनमै १ लाख आम्दानी हुन थालेको लगाएतका रहेको कार्यकारी निर्देशक आचार्यले जनाउनुभयो ।

उनका अनुसार ६ महिनाअवधिमा १८० बढि विरामीहरुलाई किमो थेरापी सेवा प्रदान गरिएको छ । अस्पतालले सेवा दिन थालेपछि ५०० जना पुगिसकेको डा. आचार्यले जानकारी दिए । अस्पतालले स्वास्थ्य कर कोष मार्फत ९२ जनालाई सहायता गरिएको समेत जनाएको छ । अस्पतालले अस्पताल स्थापना गर्न योगदान पुगाउने सस्थापक तथा साधारण सदस्यहरुलाई उपचारमा केहि छुट गर्ने योजना ल्याएको जनाएको छ ।

त्यस्तै, कार्यरत कर्मचारीहरुलाई पनि सहुलिएतमा उपचार प्रदान गरिने अस्पतालले जनाएको छ । पत्रकार सम्मेलनमा अस्पतालका सस्थापक अध्यक्ष तथा खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले अवको ६ महिनामा क्यान्सरका सम्पुर्ण उपचार सेवाहरु प्रदान गर्ने गरि कार्य थालनी भएको उल्लेख गरेका छन ।

अस्पतालले ६ महिनाको अवधिमा ब्राकि थेरापी सेवा सुरु गर्ने, लिन्याक मेसिनको खरिद गरि रेडियसन थेरापी सुरु गर्ने , अस्पतालको विधिवत उद्घाटन सम्माननिय राष्ट्रपतिद्धारा गराउने र अस्पतालको स्थायी संगठनात्मक संरचना निश्चित गर्ने योजना अनुरुप दृत गतिमा काम भैरहेको कक्षपतिले जनाए ।

पत्रकार सम्मेलनको अध्यक्षता अस्पताल विकास समितिका अध्यक्ष भक्त बहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया