चौथो मेयर कप शारीरिक सुगठन प्रतियोगिता नेपालगन्जमा सम्पन्न

स्वास्थ्य नै धन हो भन्ने मुल नाराका साथ बाँकेको नेपालगन्ज रंगशालाको कवड हलमा भएको चौथो मेयर कप शारीरिक सुगठन प्रतियोगिताको फाइनल प्रतियोगिता सम्पन्न भएको छ।

शुक्रबार भएको ५५,६०,६५,७०,७५ र +७५ भन्दा माथि तोैलको प्रि जजिङ बाट ५-५ जना गरि ३० जनालाई सिधै फाइनलमा प्रवेश गरिएको थियोे । फाइन प्रवेश गरेका लाई आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रि द्वारा अवलोकन तथा निरिक्षण गरि सबै तोैलका ५-५ जनाबाट प्रथम , दोस्रो र तेस्रो हुनेलाई नगत रु ५ हजार, ३ हजार र २ हजार रकम सहित, मेडल , तक्मा र प्रमाणपत्र लगायत सहित सम्मान गरिएको थियोे ।

शारीरिक सुगठनको उपाधि हिमेश श्रेष्ठले चौथो मेयर कप शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार सम्पन्न सुगठन प्रतियोगितामा ४१ जनालाई पछि पार्दै श्रेष्ठ प्रथम भएका हुन् ।


उपाधिसंगै श्रेष्ठले नगर २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई प्रमुख अतिथि एवम् नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा.धवलशम्शेर राणाले पुरिस्कृत गर्नु भएको थियोे भने वल्ड बडिबिलडिङ च्याम्पियन महेश महर्जनको उपस्थितिमा कार्यक्रम भएको थियोे।

प्रतिक्रिया