महामारीको बेलामा युवतीसहित काठमाडौंको होटलबाट २५ जुवाडे पक्राउ

काठमाडौं :कोरोनाको यस्तो महामारीको बेलामा समेत जुवाडेलाई भने जीवन भन्दा जुवा नै प्यारो छ । २५ जना होटलमा जम्मा भएर जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरले काठमाडौं १६ बहती पोखरीस्थित पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलबाट जुवाडेहरुलाई पक्राउ गरेको हो ।

उनीहरुबाट १० लाख ९७ हजार बरामद भएको प्रहरीले जनाएको छ । साथै ३० बुक तास र २ र ५० वटा क्वाइन समेत बरामद भएको छ । क्यासिनोकै शैलीमा गौतमले जुवा खेलाउने गरेका थिए ।- दृष्टि न्युज

प्रतिक्रिया