अब प्रधानमन्त्री ओलीको क्याबिनेट यी ४ जना मात्रै मन्त्री

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै अब सरकारमा प्रधानमन्त्रीसहित ५ जना मात्रै मन्त्री रहने भएका छन् ।

अब सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङमात्रै बहाल रहेका छन् ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको छ । योसँगै वर्तमान मन्त्रिपरिषदका २२ जना मन्त्री पदमुक्त भएका छन् ।

प्रतिक्रिया