आफ्नै छोरीलाई ६ बर्ष देखी बलात्कार गर्दै आएको आरोपमा खजुराका एक ब्यक्ती पक्राउ

खजुरा : इलाका प्रहरी कार्यालय खजुरा धनौली प्रहरीले आफ्नै छोरीलाई यौन दुर्व्यबहारका साथै जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

बाँके खजुरा गाउँपालिका वडा नम्बर दुइँका ४२ बर्षिय बाबुले बिगत ६ बर्ष देखि आफ्नै छोरिको बलात्कार गर्दै आएको पिडितले बताएको इलाका प्रहरी कार्यालय धनौलिका कार्यालय प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी मधुसूदन न्यौपानेका अनुसार आफ्नै छोरि बलात्कारको आरोपमा दर्ता भएको ६ दिन भएको र सो को अनुसन्धान चलिरहेको बताएका छन् ।

प्रहरीका अनुसार पिडितको भनाई उदृत गर्दै करिब ६ बर्ष देखि (पिडितको उमेर ९ बर्षको हुँदा देखि ) मौका छोपेर आफ्नै बाबुले बलात्कार गर्दै आएको बताएका छन् ।

प्रतिक्रिया