पौडी खेल्ने क्रममा नेपालगन्जका ३ जना युवकको डुबेर मृत्यु

बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला (बन्दा) मा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको ज्यान गएको छ ।

कोहलपुर, १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज सदरलाइनका १८ वर्षीय रसिद जसगढ, श्रृष्टि हल लाइनका १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिस जसगढ रहेका छन् ।

पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई कोहलपुर प्रहरीको टोली पुगेर खोजी गर्दा मृत अवस्थामा फेला पारेको थियो ।

प्रहरीले आवश्यक प्रक्रिया पु¥याएर तीनै जनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ ।

प्रतिक्रिया