
काठमाण्डाै :नेकपा एमाले आधिकारिक रूपमा फुटेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज बुधवार निर्वाचन आयाेगमा नयाँ पार्टी दर्ता गरेको हो ।
पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राख्ने निर्णय भएको नेपाल पक्षका नेता तथा सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेपाल समूहले नयाँ दल दर्ता गरेको हो ।