बढैयाताल गाउँपालिकामा पसलबाट मोबाइल चोर्ने दुई जना पक्राउ

नेपालगन्ज : बढैयातालमा पसलबाट मोबाइल चोर्ने २ जना बुधबार पक्राउ परेका छन् ।

बढैयाताल गाउँपालिका मैनापोखर बजारमा कृक्तिसा इलेक्ट्रोनिक्स पसलबाट मोबाइल चोर्ने नेपालगन्ज २३ का मुसा सिद्दिकी र वीरेन्द्रनगर १० का इस्लाम विन पक्राउ परेका छन् ।

पसलबाट सामान चोरी गरेर भाग्ने क्रममा बढैया तालको नेपाल भारत सीमा क्षेत्र नजिकै बाट उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेका सिद्दिकी बाट ४ थान मोबाइल र एक रड हथौड़ा , विन बाट रड फेला परेको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया