अपडेट : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो, नेपालगन्ज ल्याइएकामध्ये ४ जनाको मृत्यु

मुगुको छाँयानाथ रारा गाउँपालिका-७ पिना झ्यारीखोलामा आज दिउसो बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा ३२ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्ज पुर्‍याइएका थप ४ जनाको मृत्यु भएको प्रजिअ महतले जानकारी दिनुभयो ।

दुर्घटनामा बस टुक्राटुक्रा भएको छ । घाइतेको विमानवाट उद्दार भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिनुभयो । बस दुर्घटना हुँदा ठूलो संख्यामा मानविय क्षति भएको आशंका गरिएको छ ।

नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दुघर्टनामा परेको हो । बस सडकबाट दुईसय मिटर तल खसेको कणर्ाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरूलाई गमगढीबाट झण्डै दुई घण्टाको दुरीमा रहेको जिल्ला अस्पताल मुगु लागिएको छ । घाइतेहरूको अस्पतालमा पुर्‍याउने काम भईरहेकोले अस्पताल पुर्याएपछि मात्रै मृत्युको संख्या एकिन गरिने प्रहरीले जनाएको छ ।

अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया