साफ च्याम्पियनसिप आज नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणका दुई अन्तिम खेल आज हुँदैछ । आज एकै समय दुई खेल हुनेछन् ।

जम्मा ४ टोली बाँकी रहेको प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

उता ७ पटकको विजेता भारतले आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे नेपाल र बंगलादेशको माले रंगशालामा सुरु हुनेछ ।

प्रतिक्रिया