यसवर्ष दशैं टिकाको शुभ साइत शुक्रबार अर्थात पर्सि असोज २९ गते बिहान १० बजेर २ मिनेटमा

हिन्दु धर्मावलम्वीको महत्वपूणर् चाड दशैं सबैको घरघरमा आएको छ । आज आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी, पर्व नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाएका छन् ।

आजको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । यस दिन शास्त्रसम्मत रूपमा दसैँ घर, कोत लगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । भोली महानवी रहेको छ । समितिका अनुसार भोली असोज २८ गते महानवमी पर्व मनाइने छ । नवरात्रको नवौ दिनको भोलीपल्ट टीका लगाउने गरिन्छ ।

यसवर्ष दशैं टिकाको शुभ साइत शुक्रबार अर्थात पर्सि असोज २९ गते बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चांग निणर्ायक समितिले जनाएको छ । सोही दिनदेखी कोजाग्रत पूणर्िमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिने समितिका पदाधिकारीले जानकारी दिएका छन् ।

विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने शुभ साइत रहेको समितिले जनाएको छ । विजयादशमीका दिन मान्यजनका हातबाट टीका ग्रहण गरी आशिर्वाद थाप्ने गरिन्छ ।

प्रतिक्रिया