बाँकेमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका ७ जना रहेका छन् । यहाँका तीनवटा प्रयोगशालामा १ सय १५ नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको श्रोेतव्यक्ति तेज वलीले जानकारी दिनुभयो । आज ६ महिला र ३ पुरुष गरी ९ जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ४९ पुगेको छ ।

प्रतिक्रिया