भोलि एकीकृत समाजवादी बाँकेको जिल्ला भेला

नेपालगन्ज : नेकपा एकीकृत समाजवादीको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम भोलि बुधबार नेपालगन्जमा आयोजना गरिने भएको छ ।

नेकपा एकीकृत समाजवादीले संगठन निर्माण पछि पहिलो पटक अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षक आयोजना गर्न लागेको नेकपा एकीकृत समाजवादी बाँकेका जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिए ।

भेलामा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, सहइन्चार्ज सोमप्रसाद पाण्डे, सहइन्चार्ज दल बहादुर सुनार, प्रदेश अध्यक्ष मेटमणि चौधरी लगायतले प्रशिक्षण दिने केन्द्रीय सदस्य तथा बाँके सहइन्चार्ज अब्दुल हुसेन खाँले जानकारी दिए ।

कार्यक्रममा जिल्लाका १ हजार बढी अगुवा कार्यकर्ता भेला हुने एकीकृत समाजवादीले जानकारी दिएको छ ।

प्रतिक्रिया