“रूम टु रिड”ले दियो आगामी रणनीतिबारे जानकारी

नेपालगञ्ज : बैजनाथ गाउँपालिका बाँकेले आयोजना गरेको कार्यक्रममा “रूम टु रिड” क्षेत्रीय कार्यालय बाँकेले बालिका शिक्षा कार्यक्रम अन्तर्गत आगामी रणनीतिबारे जानकारी गराएको छ ।

बैजनाथ गाउँपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता उक्त गाउँपालिकाका अध्यक्ष श्री मान बहादुर रुचालले गर्नु भएको थियो । कार्यक्रममा पालिकाका उपाध्यक्ष, सामाजिक विकास समिती, शिक्षा समिती, वडाध्यक्ष, शिक्षा शाखा, महिला बालबालिका शाखाका प्रमुखहरू, पालिका तथा विद्यालय स्तरीय बाल क्लबका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

रूम टु रिड क्षेत्रीय कार्यालय बाँंकेका वरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक खड्ग कुँवरले कार्यक्रमको उद्देश्य तथा संस्थाको बारेमा जानकारी गराउनु भयो । त्यसैगरी रूम टु रिडको जीवन उपयोगी सीप शिक्षाको मोडल तथा आगामी रणनीतिबारे बालिका शिक्षा कार्यक्रमका सिनियर अफिसर सुष्मा राईले जानकारी गराउनु भयो ।

राईले आगामी रणनीति अन्तर्गत संस्थाले साझेदारी मोडेलमा थप ३० प्रतिशत विद्यालयहरूमा बालिका शिक्षा कार्यक्रम विस्तार गर्न सक्ने, कार्यक्रममा बालकको सहभगिता गराइने, कार्यक्रम लैंगिक समानतामा आधारित हुने बताउनु भयो । जीवन उपयोगी सीप शिक्षाको दुई वटा मोडेललाई अगाडी लैजान सक्ने जानकारी गराउनु भयो। पहिलो मोडलमा शिक्षकको सुपरिवेक्षणमा बालक्लव मार्फत र दोस्रोमा शिक्षक मार्फत जीवन उपयोगी सीप शिक्षालाई अगाडी बढाउन सकिने जानकारी गराउनु भयो ।

बालिका शिक्षा कार्यक्रमका सहभागी सलिना सुनारले रूम टु रिडले सिकाएको जीवन उपयोगी सीप र मेन्टोरिङको कारण आफ्नो बिवाह रोक्न सकेको र कक्षा १२ सम्मको अध्ययन गर्न सकेको अनुभव सुनाउनु भयो । रूम टु रिडको सहयोग नपाएको भए बिवाह पहिले भइ सक्थ्यो र पढाइ रोकिन्थ्यो भनी आफ्नो अनुभव पनि सुनाउनु भयो ।

पालिकाका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले बालिका शिक्षा रिजल्ट ओरिन्टेट रहेको बताउनु भयो । संस्थाले नेपाल सरकारको पाठ्यक्रमलाई फलो गर्ने, जीवन उपयोगी सीप र काउन्सेलिङलाई जोड दिने भएकोले कार्यक्रम प्रभावकारी छ त्यसैले कार्यक्रमलाई बिस्तार गर्नु पर्नेमा जोड दिनु भयो ।

पालिका स्तरीय बाल क्लबका कोषाध्यक्ष बिबेक शर्माले संस्थाको रणनीति अन्तर्गत जीवन उपयोगी सीप शिक्षाको बाल क्लव मोडललाई सहर्ष स्वीकार्ने र कार्यान्वयन गराउन भूमिका खेल्ने बताउनु भयो ।

पालिका अध्यक्ष मान बहादुर रुचालले बालिका शिक्षा कार्यक्रम प्रभावकारी भएकोले कार्यक्रम विस्तार गर्नु पर्ने बताउनु भयो । कार्यक्रम विस्तार गर्न पालिकाको तर्फबाट के कति बजेट आवश्यक पर्छ । कार्यक्रम विस्तार गर्नको लागि आवश्यक बजेट हिउँदे अधिवेशनमार्फत बजेट संशोधन गरेर पनि विनियोजन गर्न सक्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

प्रतिक्रिया