रामु ओली : स्थानीय तह निर्वाचनको हप्ता अगाडी एकजना वृद्धले स्थानीय तह निर्वाचनमा खजुराको अध्यक्ष पदको लागी उम्मेदवार भएका सुमन मल्ललाई एकजना करिब ७०- ७५ बर्षका वृद्धले भनेका थिए ‘अहिलेसम्म ४०–४५ औँ पटक निर्वाचनमा सहभागी भएँ होला, यी सवै निर्वाचनमा काँग्रेसलाई बाहेक अरुलाई भोट हालेको छैन, तर यसपटक एक मत तिम्रो लागी हाल्छु,’
उनले यी शब्द भनी रहदा सुमन मल्ललाई आशिर्वाद दिदै थिए । ती वृद्ध बुवाको आँखामा फरक चमक र आशा झल्केको थियो । जसको प्रत्यक्षदर्शी म स्वयम् थिए ।
वडा अध्यक्षमा निर्वाचित भएपछि सुमनले आफ्नो वडामा गरेको बिकास सधै भनिरहनु पर्ने हुँदैन तर त्यहीँ पार्दर्शी काम, बोल्ड निर्णय गर्ने क्षमता र मन देखी गर्ने सेवाकै कारण खजुराको आशा बनेका थिए भन्दा फरक पक्कै पर्दैन ।
भनिन्छ आशाले मानिसलाई जिवन्त राख्न प्रेरित मात्रै गर्दैन मानिसलाई भविष्यको लागी उर्जा पनि दिन्छ । त्यस्तै आशामा थिए खजुराबासी ।
गठबन्धनको उम्मेदवार संग एक्लै लडेका सुमन मल्ल वा सबैले मायाले सम्बोधन गर्ने ‘सुमन दाई’ले नसोचेको परिणाम सामाना गर्नु पर्यो । निर्वाचनमा जित र हार भन्दा अर्को विकल्प र प्रावधान छैन त्यसैले त्यो भन्दा बाहिर सोच्नु मुर्खता पनि हो ।
परिमाण पछिको आशा झनै लोभलाग्दो छ । सुमन मल्लको चर्चा र खजुराबासीको स्नेह झनै बढेर गयो । सामाजिक संजाल फेसबुक र टिकटक लगभग भरिभराउ बने, मल्ल प्रतिको स्नेहमा जुन आजको दिनसम्म पनि त्यसले प्राथमिकता पाउदै छ।
चुनाव सकिए पछि पुनः गाउँ छिरे, खजुराको वडा नम्बर दुई र तिनमा पुगे । साधारण बसाई भन्दा अलि लामै बसाई गरेपछिको गाउँबासीको सुमन मल्ल प्रतिको आशा जिवित रहेको महसुस गरे । एकजना बुढा जसलाई म ठुलोबुवाको नामले सम्बोधन गर्छु, उनले भने, -मल्लले जित्नु पर्ने चुनाव हो जित हार हुन्छ नै तर मेरो लागी आगामी चुनाव उसैको लागी प्रतीक्षा बनेर बस्यो’
मैले सम्बोधन गर्ने ठूलो बुवाले भनेको त्यो शब्द “मेरो लागी आगामी चुनाव उसैको लागी प्रतीक्षा बनेर बस्यो” मनमा निकैबेर बस्यो । उक्त शब्द मोबाईलको नोटप्याडमा तुरुन्तै लेखे ।
खजुराबासीको सुमन मल्ल प्रतिको जुन स्नेह, प्रेम, बिश्वास र आशा छ त्यो जिवित नै छ । चुनाव एक प्रक्रिया हो । जनमतले जनादेश बोकेको हुन्छ । संगै मल्ल प्रतिको स्थानीयको आशाले माया र अथाह प्रेम बोकेको देख्न पाइयो, जुन मेरो लागी पहिलो अनुभव थियो ।
कसैप्रती त्यतिधेरै बिश्वास पक्कै पनि नेता र जनताको सम्बन्धले होईन । त्यो स्नेह अध्यक्ष र जनता बिचको परम्परागत सोचले पनि होईन । त्यसको एउटै कारण खजुरामा युवालाई अभिभावक चाहिएको छ, वृद्ध-वृद्धालाई एउटा छोरा चाहिएको छ, दिदी बहिनिलाई दाइ वा भाइ चाहिएको छ अनि जनताको हैसियतले सोच्नेहरुको लागी असल बिकासप्रेमी नेता चाहिएको छ । जुन गुण सुमन मल्लमा भेटेका थिए वा देखेका थिए ।