
नेपालगन्ज : बुधबार साँझ दैलेखमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
कालिकोटबाट नेपालगञ्ज आउदै गरेको बस कर्णाली नदीमा खसेको हो ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका २ सिस्ने भन्दा केही अगाडि कर्णाली क्रसर नजिकै म १ ख ६६० नम्बरको बस दुर्घटना भएको दैलेखका डीएसपी भुबनेश्वर प्रसाद साहले जानकारि दिए । बस सडकबाट करिब ५० मिटर तल खसेको छ । साभार : कर्णालीप्रेस डटकम