लुम्बिनी प्रदेशका जिससमा नेपाली काँग्रेसको अग्रता

नेपालगन्ज, असार ५ । लुम्बिनी प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन सकिएको छ । प्रदेशका १२ वटै जिल्लाका निर्वाचनमा नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ । प्रदेशका रुपन्देही, दाङ, बाँके, गुल्मी, प्युठान र बर्दिया ६ वटा जिल्लामा प्रमुख तथा दाङ, बाँके र बर्दिया ३ जिल्लामा उपप्रमुख जितेर नेपाली कांग्रेस पहिलो भएको हो ।

नेकपा एमालेले पाल्पा, अर्घाखाँची, नवलपरासी र कपिलवस्तु ४ जिल्लामा प्रमुख तथा पाल्पा र अर्घाखाँची २ जिल्लामा उपप्रमुख जितेर दोस्रो स्थानमा रहेको छ । यस्तै, माओवादी केन्द्रले रोल्पा र रुकुमपूर्व २ जिल्लामा प्रमुख तथा रोल्पा, रुकुमपूर्व, गुल्मी, प्युठान र नवलपरासी पश्चिम ५ जिल्लामा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले रोल्पा र रुकुमपूर्वमा गठबन्धन नगरी एक्लै प्रमुख र उपप्रमुख जितेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले २ उपप्रमुख जितेको छ । बाँकेको जिसस प्रमुख र उपप्रमुख कांग्रेसका क्रमशः ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुख सीता कार्की निर्वाचित भए ।

पुरा विवरण हेर्नुहोस

प्रतिक्रिया